गठबन्धन नहुँदा कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुन्थे : देउवा
चितवन: नेपाली कांग्रेस भापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गरेर पार्टी सिध्याउने षड्यन्त्र भएको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।
संविधानको रक्षाका लागि गरिएको पाँच दलीय गठबन्धनले कांग्रेसलाई फाइदा हुने बताउँदै सभापति देउवाले कसैको भ्रममा नलागी गठबन्धनको पक्षबाट निर्वाचनमा होमिन निर्देशन दिए।
गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए। देउवाले भने, 'सबैले ओली हटाउनुपर्छ भनेको हो नि। गठबन्धन गरेर नै हटाएर आज के भयो। पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। मुख्यमन्त्रीहरू पनि हाम्रा छन्। यहीँकै मान्छे मन्त्री बने। यो त भोलि पनि हुन्छ नि।'