रवीन्द्र मिश्रलाई प्रकाशमानले भनेः दुई वर्ष दल टिकाउन नसक्नेले काम गर्छु भनेर हुन्छ ?
काठमाडौंः नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई आफ्नो दललाई दुईवर्ष टिकाउन नसकेको भन्दै कटाक्ष गरेका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता सिंहले आफ्ना प्रतिस्पर्धी मिश्रप्रति यस्तो कटाक्ष गरेका हुन्।
‘नयाँ दलहरू के भन्छन् भने पुरानाले गर्न सकेन। अब हामी आउँछौं, गर्छौं’, उनले भने, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एकदुईवर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउन सक्ला ? क्षमता होला ?’ नयाँले पुरानालाई केही गर्न सक्दैनन् भनेर आरोपमात्रै लगाएर नहुने उनको भनाइ थियो। अहिले नयाँ दल खोल्नु भनेको नाङ्लो पसल राख्नु जस्तै भएको नेता सिंहको टिप्पणी थियो।