कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट
धनगढीः गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन्।
दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं।’
कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए। कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन्। उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन्।