सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीले समानुपातिकतर्फ निर्वाचितलाई नदोहोर्‍याउने

२०७९ भदौ ३०, ०६:०१ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसअघि समानुपातिक सांसद भएकाहरूलाई नदोहोर्‍याउने भएको छ। 

बुधबार पेरिस डाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले स्थानीय तहमा उम्मेदवार बनेकालाई समेत प्राथमिकता नदिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ।

यस्तै माओवादीले गठबन्धनमा सिट बाँडफाँटबारे सकरात्मक छलफल भए पनि चर्चामा आए जस्तो कुनै सहमति नभएको बताएको छ ।

कमेन्ट लोड गर्नुस