सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय सहसंयोजकमा बिष्ट 

२०७९ भदौ ३१, ०८:५४ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय सहसंयोजकको जिम्मेवारी उमेशसिंह बिष्टलाई दिइएको छ। पार्टीको भ्रातृ संस्था संगठनको विद्यान बमोजिम आगामी महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय सहसंयोजकको जिम्मेवारी बिष्टलाई दिइएको हो। 

संगठनको सिद्धान्त र निती प्रतिबद्ध भएर संगठनको बृहत्तर हित कार्य गर्न बिष्टलाई मनोनयन गरिएको एक नेताले बताए। बिष्ट कञ्चनपुरका स्थायी बासिन्दा हुन्। उनको राजनिति यात्रा विद्यार्थी इकाईबाट नै सुरु भएको हो।
 

कमेन्ट लोड गर्नुस