सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिन्दुर लाउनुअघि नै बुद्धिले दुलहीलाई ‘हैट’ भनेपछि...

२०७९ असोज ७, ०१:४३ खबर संवाददाता

धनगढीः हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्। उनले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन्।

अनुसँग केही समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धिले मागी बिबाह गरेका हुन्। कौशलटारको एक पार्टी प्यालेसमा आयोजित समारोहमा दुवै पक्षका आफन्त,साथीभाइ, इष्टमित्र लगायतको उपस्थिति रहेको छ।

‘हैट’ थेगोले चर्चित बुद्धि पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा व्यस्त छन्। आज पनि उनले सिन्दुर लाउनुअघि दुलहीलाई “हैट” भन्दै हँसाएका थिए।

कमेन्ट लोड गर्नुस