कमल खत्रीले गरे विवाह
काठमाडौं: गायक तथा संगीतकार कमल खत्रीले विवाह गरेका छन्। उनले आइतबार फूलपातीको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन्।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताउँदै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए।