संघकै रटान लगाएका मुख्यमन्त्री भट्ट किन लड्दैछ्न् प्रदेशसभाको चुनाव ?
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।
यसअघि डोटी जिल्लाबाट प्रतिनिधिसभाकै निर्वाचन लड्ने भनेर रटान लगाउदै आएका भट्ट एकाएक ब्याक भएका हुन्। उनी निकटका नेताहरुका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कै निर्देशनमा उनी ब्याक भएका हुन्।
माओवादीको जिल्ला समितिले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उनलाई सिफारिस गरेको भएपनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेको थियो। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः प्रदेशमा दोहरीन भनेकाले भट्ट प्रदेशसभा सदस्यमा फेरि दोहरिन लागेको बताइएको छ।
२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए।