डोटीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता
२०७९ असोज २३, ०८:१९
धनगढी: डोटीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रतिनिधि सभा सदस्यमा पूर्वमन्त्री प्रेमबहादुर आलेले मनोनयन दर्ता गरेका हुन्।
प्रदेश सभा १ मा कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह र प्रदेश सभा २ मा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव शिवसिँह ओलीले मनोनयन दर्ता गरेका छन्।
कमेन्ट लोड गर्नुस