सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारिज

प्रिन्ट गल्ती भएको प्रष्टीकरण

२०७९ असोज २५, ०५:०० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारिज गरिदिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उजुरी खारिज गरिदिएको हो। 

मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएकोले उजुरी खारिज गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। नागरिकतामा देउवाको जन्ममिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको थियो।

देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

 

कमेन्ट लोड गर्नुस