सुदूर नेपाललाई विश्वसँग जोड्दै

घनश्याम भुसालले पाए चुनाव चिह्न ‘त्रिभुज’

२०७९ असोज २६, ०५:१८ खबर संवाददाता

बुटवल: नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बुधवार चुनाव चिह्न ‘त्रिभुज’ दिएको हो। 

एमाले परित्याग गरेका भुसाललाई सत्ता गठबन्धनले पनि समर्थन गरेको छ। सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रबाट एमालेले छबिलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ। 

 

कमेन्ट लोड गर्नुस