सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर हारेपछि सेलरोटी व्यवसाय गरेकी रञ्जुको चुनाव चिह्न नै सेलरोटी

२०७९ असोज २७, ०८:०० खबर संवाददाता

धनगढीः काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेल रोटी चुनाव चिह्न पाएकी छन् । उनलाई बुधबार निर्वाचन आयोगले सेलरोटी चुनाव चिह्न दिएको हो।

२०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर लडेकी उनी एमालेका विद्यासुन्दर शाक्‍यसँग पराजित भएकी थिइन्। त्यतिबेला विवेकशिल साझा पार्टीबाट उम्मेदवार बनेकी रञ्जुले तेस्रो मत पाएकी थिइन्।

त्यसपछि उनले सेलरोटी बनाउने बेच्ने (सेलरोटी व्यवसाय) गरेकी थिइन्। सेलरोटी बेचेको कारण छुट्टै पहिचान बनाएकी दर्शनाले आफ्नो लागि यो खुसीको विषय भएको बताइन्। यो चुनाव चिह्न पाउनुले पनि आफ्नो चुनावी वातवरण सहज बनाएको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस