सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता पनि उम्मेदवार, जसले बिरामीको उद्दार गर्न हेलिकोप्टर नै किने

२०७९ असोज ३१, ०४:२१ खबर संवाददाता

धनगढीः चुनावको बेला उम्मेदवारले मतदाता प्रभावित विभिन्न खालका आश्वासन दिइरहेका छन्। आसन्न संसदीय निर्वाचनका लागि उम्मेदवार बनेकाहरुले मतदाता रिझाउन आश्वासन दिइरहेका हुन्। 

यसैबेला रामेछापमा भने सत्ता गठबन्धनका एकजना उम्मेदवारले मतदातालाई आकर्षित गर्न हेलिकोप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासन दिन भ्याएका छन्।प्रतिनिधि सभाको उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति पुर्णवहादुर तामाङले गरीव दुःखीलाई बिरामी पर्दा काठमाडौं लैजान आफूले व्यक्तिगत खर्चमा हेलिकोप्टर किनिसकेको बताएका हुन्। उनले अब बिरामीलाई हेलिकोप्टरले तत्कालै उद्दार गर्ने आश्वासन दिएका छन्।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेमा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कान्छारामले आफूले हेलिकोप्टर भाडामा लिँदा धेरै खर्च गर्नुपरेकाले अब प्राइभेट हेली किनेको जानकारी दिए।

उनी क वर्गका ठेकेदार हुन्। उनी दोस्रोपटक चुनाव लड्दै छन्। यसअघि वाम गठबन्धनसँग पराजित भएका उनी यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन्।
 

कमेन्ट लोड गर्नुस