सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा (एस) डडेल्धुराले विपी काँग्रेससँग तालमेल नतोड्ने, बरु कारबाही भोग्ने

२०७९ कार्तिक २, ०२:१६ खबर संवाददाता

धनगढीः डडेल्धुरामा नेकपा एकीकृत समाजवादीका नेताहरुले नेपाली काँग्रेस विपीसँगको चुनावी तालमेल नतोडिने बताएका छन्। डडेल्धुरा समाजवादीले काँग्रेस विपीसँग प्रतिनिधिसभामा सघाउने र प्रदेश सभा (२)) मा डाक्टर तारा जोशीलाई सघाउने सहमति गरेको छ। 

तर समाजवादीका महासचिव बेदुराम भुसालले मंगलबार विज्ञप्ति जारी गर्दै तारा जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन र जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टीको निर्णयविपरीत काम नगर्न निर्देशन दिएका थिए। तर, यो निर्देशन त्यहाँका नेता तथा कार्यबताहरुले अमान्य हुने जनाएका छन्। 

डाक्टर जोशीसहितका नेताहरुले महासचिवको विज्ञप्तीले कुनै असर नगर्ने बताएका छन्। अब बरु कारबाही भोग्ने तर पछाडि नहट्ने उनीहरुको दाबी छ। 

सत्ता गठवन्धनको सीटको बाँडफाँटमा एकीकृत समाजवादीले डडेल्धुरा प्रदेश (२) मा दाबी गरेको थियो। तर प्रतिनिधिसभा र प्रदेश सभा (२)  काँग्रेसले लियो। प्रदेश सभा (१) मा माओवादी केन्द्रका खगराज भट्ट गठबन्धनका साझा उम्मेदवार छन्। प्रतिनिधि सभा सदस्यका लागि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकाे उम्मेदवारी छ।

कमेन्ट लोड गर्नुस