सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनले गेटामा मेडिकल विश्वविद्यालय नभएर भैँसीगोठ बनाउन खोज्योः भट्ट

२०७९ कार्तिक ३, ०६:४७ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मदवार लेखराज भट्टले गेटामा मेडिकल विश्वविद्यालय नभएर भैँसीगोठ बनाउन खोजिएको बताएका छन्। बिहीबार चुरे गाउँपालिका ५ खानिडाडामा एक चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बतनएका हुन्। 

उनले गठबन्धन सरकारले ढेड वर्षमा कुनै काम नगरेको दाबी गरे। यस्तै उनले आफूले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन खोजेको बताए। तर अहिलेको सरकारले गेटालाई अस्पतालको र भैँसीगोठको रुपमा परिणत गर्न खोजेको आरोप लगाए। 

गेटामा मेडिकल विश्वविद्यालय बनाएरै छाड्ने उनको भनाइ छ। 


 

कमेन्ट लोड गर्नुस