प्रकाश सपुतलाई पुत्रलाभ
२०७९ कार्तिक १३, ०५:२९
काठमाडौं: गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ। शनिबार राजधानीको एक अस्पतालमा उनकी पत्नी विन्दू बोहराले पुत्रलाई जन्म दिएकी हुन्।
उनीहरुको यो दोस्रो सन्तान हो। उनीहरुकी एउटी छोरी छिन्। गायक सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शनको तयारीमा छ। सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन्।
कमेन्ट लोड गर्नुस