सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटकमा चर्चित सुदूरपश्चिमकी मिस पबी अभिनित 'माया हो' सार्वजनिक

२०७९ कार्तिक १३, ०५:५९ खबर संवाददाता

काठमाडौँ: मोडलद्वय आकाश कार्की र पबी साकीको अभिनय रहेको ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो कम्पनीको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

गीतको भिडिओमा आकाश र पबी रोमान्टिक अवतारमा देखिएका छन्। पबी सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी छिन्। उनको टिकटकमा राम्रो फ्यान क्रेज छ। गीतमा कोमल सोबको स्वर, संगीत र शब्द रहेको छ भने गम्भिर विष्टले गीतको भिडिओ निर्देशन गरेका हुन्। भिडिओमा पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ।



 

कमेन्ट लोड गर्नुस