गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको हो ?
धनगढीः गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव उत्पन्न भएको छ। गएराति सङ्खुवासभाको खाँदबारी पाङ्ठामा भएको साङ्गीतिक कार्यक्रममा तनाव उत्पन्न भएको हाे।
कार्यक्रममा सहभागी दर्शकहरूले होहल्ला गरेपछि तनाव उत्पन्न भएको थियो। अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ। ‘कार्यक्रममा तनाव भएको थियो। दर्शक दीर्घाबाट हल्ला भयो। तर प्रहरी खटिएकाले कुनै घटना हुन पाएन’, एक प्रहरी अधिकारीले भने
एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन्। आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो। सोही कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन्। उनीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ।