डोटी नेपालको पुरानो राजधानी होः केपी ओली
धनगढीः नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डोटी नेपालको पुरानो राजधानी भएको बताएका छन्। शनिबार डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
डोटी अहिले पनि नेपालको महत्त्वपूर्ण जिल्ला रहेको बताउदै उनले प्राचीन राजधानी रहेको बताए। डोटी इतिहास बोकेको जिल्ला भएपनि पछाडी परेको बताए। तर पछाडि नपर्ने दाबी उनको छ। उनले धनगढी–दीपायल द्र्रुतमार्ग, पश्चिम सेती जस्ता ठुला आयोजना चाँडै निर्माण गरिने बताए।