प्रधानमन्त्री देउवाको ९७७३ मत पुग्दा सागरको कति ?
२०७९ मंसिर ६, ०१:४६
धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग झण्डै दोब्बर मतान्तर बनाएका हुन्।
जिल्लामा प्रतिनिधि सभा सदस्यको १९५९६ मत गणना सकिएको छ। प्रधानमन्त्री देउवाको ९७७३ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ५१९३ मत छ।
देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले २६९४ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस