सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचारमा ध्यान दिन आग्रह

२०७९ माघ २, ०८:५२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा जहाज दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत रावलले गरेका छन्। मुख्यमन्त्री रावलले एक शोक वक्तव्य जारी गर्दै उक्त दुःखद खबरले स्तब्ध र मर्माहत भएको बताएका छन्।

‘घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु,’ जारी वक्तव्यमा भनिएको छ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार बिहान सेती नदीको खोँचमा दुर्घटना भएको थियो। चार जना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटना भएको थियो। 
 

कमेन्ट लोड गर्नुस