डोटीको केदार ज्योतिपुञ्ज क्याम्पसमा नेविसंघको अध्यक्षमा बम
धनगढीः डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघको अध्यक्षमा महेश बम चयन भएका छन्। नेपाल विद्यार्थी संघ डोटीका सचिव गणेश खड्काका अनुसार उनी नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको इकाई अध्यक्ष चयन भएका हुन्।
जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर १ वीपिनगरमा रहेको क्याम्पसमा नेविसंघले इकाई कमिटी गठन गरेको हो। उपाध्यक्षमा पावर्ती पाल र यदुबर खड्का,सचिवमा गिता बडू र ममता बोहरा, कोषध्यक्षमा सरोज साउँद, सह–सचिवमा हिमा भट्ट र निर्मला पाल चयन भएका छन्।
नेविसंघ डोटीले क्याम्पसमा २५ सदस्यीय इकाइ कमिटि गठन गरिएको जनाएको छ।