सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति काँग्रेसके उम्मेदवार बन्नेः गगन थापा

२०७९ फाल्गुन ९, ०३:४९ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने कांग्रेस महामन्त्री गगन थापाले बताए।‘केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको भनेर हल्ला चलाइएको छ। त्यो सबै कन्फ्युजन क्रियट गर्ने कुरामात्र हो,’ उनले भने, ‘राष्ट्रपतिका सन्दर्भमा माओवादी र कांग्रेसबीच भएको सहमतिमा कुनै फरक पार्दैन।

प्रचण्डले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ।’प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका कांग्रेस महामन्त्री थापाका अनुसार ओलीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना छैन। ओलीले फैलाएको हल्लाको भरमा कांग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि नसार्ने उनको भनाइ छ ।

‘कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने निश्चित भएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले पनि कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताए। उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ। राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो। रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ।’

देउवा सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो। तर कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन्।
 

कमेन्ट लोड गर्नुस