अत्तरियाको शालिन बाटिकामा सत्तारुढ गठबन्धनको अभिमुखीकरण
धनगढीः सत्तारुढ गठबन्धनले आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिममा सुरु भएको छ।
गठबन्धनमा आवद्ध सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन कैलालीको गोदावरी नगरपालिकाको शालिनी बाटिकामा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो।
गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डे लगायतका नेताहरूले प्रशिक्षण दिने गरी कार्यक्रम सुरु गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरु सहभागी छन्।