सिगास शिक्षा क्याम्पसमा नेविसंघका उम्मेदवार निर्वाचित घोषणा
बैतडीः बैतडीको एक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका उम्मेदवारलाई निर्वाचित घोषणा गरेको छ।
जिल्लाको गाँजरीस्थित सिगास शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको हो। उम्मेदवार मनोयनको अवधिभित्र नेविसंघ बाहेक अरु कुनै पनि दलका संगठनको उम्मेदवारी नपरेकाले नेविसंघका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जारी गरेको घोषणामा उल्लेख गरिएको छ।
चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचन विविध कारणले स्थगित भएको र मनोनयनको तोकिएको अवधिमा नेविसंघ बाहेक कुनै पनि संगठनको प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ। क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका लोकेन्द्रसिंह धामी, उपसभापतिमा लक्ष्मी चर्मकार, सचिवमा नरेन्द्रबहादुर भुल, कोषाध्यक्षमा अनिता धामी, सहसचिवमा बबिता धामी निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा दिपकसिंह धामी, चनमति भट्ट, विन्देश्वरी भुल, शारदा भुल, विन्देश्वरी विश्वकर्मा र गोदावरी धामी निर्वाचित भएका छन्।