कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। महामन्त्री गगन थापाका अनुसार बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ।
बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताए। बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बरा २ मा उम्मेदवार बन्न खोजिरहेका छन्। यादवलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेमा कांग्रेसभित्र अलमल छ।