उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
काठमाडौंः आगामी वैशाख १० गते हुने उपनिर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकासन हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ। २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।