सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै महिनामा ६ वटा फिल्मको छायाङ्कन सुरु हुने

२०७९ चैत्र २३, ०४:३३ खबर संवाददाता

व्यवसाय नभएपनि फिल्म निर्माणमा भने तीव्रता बढेको छ।

आजभोलि प्रत्येक महिना आधा दर्जन बढी फिल्म फ्लोरमा निस्कने गरेको छ। यस्तैमा आगामी नयाँ वर्षको वैशाखमा ‘कामिनो’, ‘दौँतरी’, ‘सतीदेवी’, ‘मीराः स्याडो अफ अ रेन्बो, ‘जेरी २’ र ‘हात्ती छापा’ छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा छन्। दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो’ पनि छायाङ्कनको तयारीमा छ।

प्रदीप खड्का, वर्षा सिवाकोटी, नीति शाह, राजबल्लभ कोइराला, सौगात मल्ल, भोलाराज सापकोटा, रवीन्द्र झा लगायतको अभिनय रहने फिल्म एक्सेस नेपाल फिल्मसको निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्मातामा छन्। कामिनो फिल्म वैशाख दोस्रो साताबाट फ्लोरमा जाने तयारी छ।

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्ती छाप’ को छायाङ्कन पनि  वैशाखबाट सुरु हुनेछ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासनासिंह ठकुरी, बुद्धि तामाङ लगायतको अभिनय छ। लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘सतीदेवी’ पनि यही वैशााखबाट फ्लोरमा निस्कँदैछ। फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी लगायतको अभिनय रहनेछ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एसएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने फिल्म दौँतरीको छायाङ्कन वैशाखको दोस्रो साताबाट सुरु हुने निर्देशक लक्ष्मणले बताए। आर्यन सिग्देल, मुकुन भुसालको मुख्य भूमिका रहने फिल्म लक्ष्मण सुवेदीले लेखेका हुन्।

‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभ–मुर्हुत केही अगाडि एक कार्यक्रमका बीच गरिएको हो। सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ। फिल्मको छायाङ्कन वैशाखबाटै सुरु गर्ने योजनामा निर्माण युनिट छ। यस्तै अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’ पनि वैशाखबाट फ्लोरमा रहनेछ। हेमराज बिसीको निर्देशन रहने फिल्म ‘जेरी’ को सिक्वेल हो। 
 

कमेन्ट लोड गर्नुस