सुप सांस्कृतिक सम्बर्धन समितिमा नयाँ नेतृत्व
धनगढीः सुदूरपश्चिमाञ्चल सांस्कृतिक सम्बर्धन समितिको ३१ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
साधारण सभाले तेस्रो पटक भोजराज भट्टलाई सर्वसम्मत रुपमा समितिको अध्यक्षमा चयन गरेको हो। शनिबार धनगढीको देब तालिम केन्द्रमा भएको साधारण सभाले उपाध्यक्षमा बाशुदेब विष्ट, सचिवमा धनश्याम भट्ट, सह सचिवमा अर्जुनसिह भाट र कोषाध्यक्षमा महेन्द्रदेव पाण्डेलाई सर्वसम्मत चयन गरेको छ।
यस्तै साधारण सभाले लोकराज भट्ट, अशोकचन्द्र भट्ट, लक्ष्मण चन्द, पशुपती भट्ट, प्रेम बहादुर केसी र रुद्रराज भट्टलाई सदस्यमा चयन गरेको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले प्रमुख अथितिको रुपमा साधारण सभाको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै डाक्टर जोशीले सुदूरपश्चिमाञ्चल सांस्कृतिक सम्बर्धन समिति सुदूरपश्चिमको पुरानो संस्था भएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको औंल्याएका थिए।
सुदूरपश्चिमको कला संस्कृतीको जगेर्नाका लागि समितिको महत्वपूर्ण योगदान रहेको भन्दै उनले सराहना व्यक्त गरेका थिए।