सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका योजना समयमै सम्पन्न गर्न मन्त्री देउवाको निर्देशन

२०८० वैशाख ११, ११:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले विभिन्न जिल्लामा चलिरहेका विकासका कामहरूलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रदेश सरकार मार्फत बन्दै गरेका विकासे आयोजनाहरूको निरीक्षण गर्दै मन्त्री देउवाले निर्धारित समयमै काम पुरा गर्न निर्माण कम्पनी, ठेकेदार र उपभोक्ता समितिलाई निर्देशन दिएका हुन्। 

मन्त्रालयका सचिव प्रेमदत्त भट्ट सहितको टोलीले विभिन्न जिल्लामा प्रदेशका योजनाहरूको निरीक्षण र अनुगमन गरेको हो। आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्नुअघि निर्माणाधिन योजनाहरूको अवस्थाबारे बुझ्न मन्त्री विभिन्न जिल्ला पुगेका हुन्। त्यस क्रममा सुस्त काम भइरहेका योजनाका विषयमा मन्त्री देउवाले चासो व्यक्त गरेका थिए। मन्त्री देउवा सहितको टोलीले कञ्चनपुर, डडेल्धुरा र डोटी जिल्लाका विभिन्न योजनाको अनुगमन गरेको हो।
 

कमेन्ट लोड गर्नुस