चितवन–२ मा रास्वपाका रविको अग्रता
धनगढीः चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्।
पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा–१ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सो क्षेत्र नेकपा एमालेको पकड भएको स्थान भनेर चिनिन्छ। उक्त पालिकामा प्रमुख र उपप्रमुख एमालेले जितेको छ।