बारा २ मा जनमतका यादव सय मतले अगाडि
धनगढीः बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र यादवले अग्रता लिएका छन्।
मतगणनाको सुरुवाती अवस्थानमा अग्रता बनाएका उपेन्द्र अहिले भने दोस्रो स्थानमा झरेका छन्। उनको र शिवचन्द्रको मतान्तर १०० भन्दा बढी छ। हालसम्म शिवचन्द्रले ८९५ मत पाउँदा उपेन्द्रले भने ७८७ मत पाएका छन्।
एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत ल्याएर उपेन्द्रलाई पछ्याइरहेका छन् भने रास्वपाका उम्मेदवार निकै पछाडि छन्। बारा–२ मा ६५ प्रतिशत मत खसेको थियो । जुन ६८ हजार ८ सय ८६ मत हो।