सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा रास्वपाका लामिछानेको अग्रता फराकिलो बन्दै

२०८० वैशाख ११, ०६:११ खबर संवाददाता

धनगढीः चितवनको इच्छाकामना गाउपालिकाको छ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर बढाउँदे लगेका छन्।

लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन्। यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गरेका छन्। ७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ।

इच्छाकामना गाउँपालिका सकिएपछि कालिका नगरपालिका क्षेत्रको गणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस