सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन–२ मतगणना : रविको फराकिलो अग्रता कायमै 

२०८० वैशाख १२, ०६:०५ खबर संवाददाता

काठमाडौं: चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनामा रविले ३६ हजार १५८ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार १४८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन्। मतगणना जारी छ। 

कमेन्ट लोड गर्नुस