सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारा अपडेटः जसपाका यादवको अग्रता कायमै

२०८० वैशाख १२, ०६:२० खबर संवाददाता

बारा: बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ८ हजार ८ सय ८१ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्। २० हजार ८५८ मत गणना गर्दा यादवले अग्रता कायमै राखेका हुन्।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार १ सय ७९ मत प्राप्त गरी यादवलाई पछ्याइरहेका छन्। एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ। आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको हो।

कमेन्ट लोड गर्नुस