निश्चलको निर्देशनमा चलचित्र ‘दिमाग खराब’ बन्ने
२०८० वैशाख १८, ०८:२२
धनगढीः निश्चल बस्नेतको निर्देशनमा ‘दिमाग खराब’ फिल्म बन्ने भएको छ।
बस्नेतले फेसबुकमा एक पोस्टर सेयर गर्दैँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहनेछ।
आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ। रौनक बिक्रम कडेल फिल्मका निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन्।
कमेन्ट लोड गर्नुस