‘सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन’
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेताहरुलाई चोर भनेका छन्।
उनले सबै नेता चोर भएको टिप्पणी गरेका ह्न। मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका छन्।
उनले देशको माया कसैलाई पनि नभएको बताएका छन्। मेयर साहले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन।’
पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन्। केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए। उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन्।