सुदूर नेपाललाई विश्वसँग जोड्दै

देव धिमालको निर्देशनमा चलचित्र’सानीमाया’ बन्ने

२०८० वैशाख २१, ०८:४७ खबर संवाददाता

धनगढीः  देव धिमालको निर्देशनमा फिल्म ’सानीमाया’ बन्ने भएको छ।

हालै फिल्मको शुभ–मुहुर्त गरिएको छ । रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वयच्छा ढकाल,  प्रियंका श्रेष्ठ,  अभिषेक फुँयाल,  कृष्णप्रसाद धिताल फिल्मका कलाकार हुन्। फिल्मको छायांकन जेठको दोस्रो साताबाट सुरु हुने फिल्मको हालै शुभ–मुहुर्त गरिएको थियो।

चलचित्र कलाकार सघंका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओएसआर डिजिटलका प्रोप्राइटर प्रकाश अग्रवाल, अभिनेता सविन श्रेष्ठलगायतको उपस्थितिमा फिल्मको मुहुर्त सम्पन्न भयो। यो फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो।

कमेन्ट लोड गर्नुस