सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर संगठन निर्माणमा होमिने रास्वपाको घोषणा

२०८० वैशाख २२, १०:२७ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब देशभर संगठन निर्माणमा ध्यान दिने भएको छ।

रास्वपाले जनताको मुद्दालाई प्राथमिकता दिँदै देशव्यापी संगठन निर्माणमा होमिने घोषणा गरेको हो। शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा विपक्षी बेन्चमा बस्ने निर्णय लिएको छ।

सोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जनमत र जनभावनाको कदर गर्दै विपक्षी बेन्चमा बस्ने निर्णय भएको बताए। ‘हामीले जनमत र जनभावनाको कदर गर्नुपर्ने हुन्छ। उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक (देशभित्र र देशबाहिर रहेका नेपालीहरु)को भावना नै सशक्त प्रतिपक्षको भूमिका तपाईँहरूले गर्नुपर्छ भन्ने थियो’, सरकारबाट बाहिरिनुको कारण खुलाउँदै रविले भने।  अब पार्टीलाई चुस्त बनाएर अघि बढ्नुपर्ने बेला आएको भन्दै रविले त्यही अनुरुप पार्टी अघि बढ्ने बताए।

विशेषगरी संगठन निर्माणलाई अगाडि पनि लैजानुपर्छ’, उनले भने, ‘हामीले जनभावनाअनुसार काम गछौँ। संगठन निर्माणलाई प्राथमिकता दिन्छौँ।’ उनले पार्टी सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने बताए। तर अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस