सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली भुटानी शरणार्थी प्रकरण मा दबाबमा पर्दिन,कारबाही अगाडि बढ्छः प्रचण्ड

२०८० वैशाख २३, ०४:०० खबर संवाददाता

धनगढीः नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः चासो व्यक्त गरेका हुन्। पछिल्ला तीन दिनमा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको दोस्रो पटक हो। यस प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उपाध्यक्ष रामबहादुर थापाको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।

शनिबारको भेटमा अध्यक्ष ओलीले यस प्रकरणमा भइरहेको अनुसन्धानबारे आफ्नो ‘कन्सर्न’ राखेको प्रधानमन्त्री दाहालले बताए। उनले ‘प्रधानमन्त्रीसँगको भेटमा कोहीले पनि कसैलाई बचाइदिनुहोस् भनेर नभन्ने’ बताए पनि आफू कुनै ‘दबाब’मा नपर्ने जिकिर गरे। उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ।

दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ।’
 

कमेन्ट लोड गर्नुस