गायक पेलाको नयाँ गीत सार्वजनिक
धनगढीः गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ।
शुक्रवार ’हेर दिन ढल्यो’ नामको गीत युट्युबमा सार्वजनिक भएको हो। गीत अहिलेसम्म ७१ हजारले हेरिसकेका छन्। गीत गायक पेलाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। बस्तीमा कुनै दिन उज्यालो थियो भन्दै अहिले उज्यालो अन्तै बसाइँ सरेकोमा उनले चिन्ता व्यक्त गरेका छन्।
गीतमा कृष्णसिंह पेलाको शब्द छ। गीतमा संगीत तथा स्वर तिलकको छ। संगीत संयोजन रिदम कँणेलले गरेका छन्।