सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाहरुख खान र प्रियंका चोपडाका चलचित्र ‘डन ३’ आउने

२०८० वैशाख ३१, ०५:५३ खबर संवाददाता

एजेन्सीः  बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन ः द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो।

फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो। यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे। यी दुवै श्रृंखलालाई दर्शकले मन पराए। दर्शक अहिले ‘डन’को तेस्रो श्रृंखलाको पर्खाइमा छन्। अन्ततः निर्माता रितेश सिदवानीले तेस्रो भागबारे केही संकेत गरेका छन्, जसले फ्यानको उत्साह बढाउन सक्छ।

हालै भारतीय सञ्चारसंस्था पीटीआईसँग कुरा गर्दै सिदवानीले तेस्रो श्रृंखला यतिबेला स्क्रिप्ट लेखनको तहमा रहेको बताएका छन्। प्लटबारे सोध्दा उनले यसबारे अहिले खुलाउन नमिल्ने बताए। रितेशले भने, ‘जबसम्म मेरो पार्टनर (फरहान अख्तर) ले यो लेखेर सक्नुहुन्न, हामी केही गर्ने छैनौं। अहिले उनी स्क्रिप्ट पूरा गर्ने चरणमा छन्। हामी सबै पनि डनलाई हेर्न उत्सुक छौं।’

रितेश र फरहानले सन् १९७८ मा अमिताभ बच्चनको फिल्म ‘डन’को अधिकार किनेर शाहरुखसँग रिमेक गरे। ‘डन ३’ मा ट्विस्ट एण्ड टर्न हेर्नु रोचक हुनेछ। शाहरुख अहिले एट्लीको ‘जवान’को सुटिङमा व्यस्त छन्। यो फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ।
 

कमेन्ट लोड गर्नुस