भोलि सङ्घीय संसद्को संयुक्त बैठक बस्ने
काठमाडौं: सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधवार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए। प्रतिनिधिसभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ।