रवि लामिछानेको मुद्दाको सुनुवाइ १७ गते हुने
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ।
लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै युवराज सफलले सर्वोच्चमा रिट लगेका थिए। उनको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो। दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ताको आदेश दिएको थियो।
बुधबार सर्वोच्चले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै जेठ १७ गतेका लागि सुनुवाई तोकेको हो।