सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले संसदमा दिएको अभिव्यक्तिप्रती विश्वप्रकाशको कटाक्ष

२०८० जेठ १३, ०८:३४ खबर संवाददाता

काठमाडौँः  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रहरीले अनुसन्धान गरिरहेको विषयमा संसदको रोष्टमबाट कसैले न्यायाधीशले जस्तो फैसला सुनाउन नमिल्ने उनको भनाइ थियो। शनिवार प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले निर्दोष फसाउने षडयन्त्र भइरहेको छ भन्ने ओलीको अभिव्यक्तिको विरोध जनाएका हुन्।

‘प्रतिपक्षी नेताले नक्कली शरणार्थी प्रकरणमा राख्नु भएका अन्य विषयमा समर्थन गरौँला। तर, निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य प्रयोग गर्नुभयो, को दोषी को निर्दोष प्रहरीले छानबिन गर्दैछ। हामी न्यायाधीश होइनौं यहीबाट फैसला सुनाउनका लागि कि अमुक दोषी हुनुहुन्छ भन्ने कुरामा बिमत्ति प्रकट गर्न चाहन्छु’ शर्माले भने।

महामन्त्री शर्माले भ्रष्टाचारको फाइल खोलेकोमा सरकारलाई बधाई दिनुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस