सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको केन्द्रीय सदस्यमा मनोनीत १३ सदस्यद्घारा शपथ ग्रहण

२०८० जेठ २५, ०५:०४ खबर संवाददाता

काठमाडौँः  नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा आलीले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई सपथ गराएका हुन्।

आज अध्यक्ष ओलीले नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराएका हुन्।
 

कमेन्ट लोड गर्नुस