सुदूर नेपाललाई विश्वसँग जोड्दै

७० वर्षे उमेरहद खारेज गर्ने निर्णयको बचाउमा एमाले महासचिवः पोखरेल

२०८० जेठ २९, ०४:५५ खबर संवाददाता

काठमाडौँः  नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउमा उत्रेका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षे उमेरहद हटाउने पार्टीको निर्णयको बचाउन गरेका हुन्। महासचिव पोखरेलले ७० वर्षे उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने  र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्न नहुने बताए।

नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका लागि ७० वर्षे उमेर हद हटाइएको उनले स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस