सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम प्रदेश सभा सञ्चालनमा एमालेको अवरोध

२०८० जेठ २९, ०५:४९ खबर संवाददाता


कैलालीः   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक बहिस्कार गरेको छ।

एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो। साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ। यसअघि, हिजो प्रतिपक्षी दल राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले पनि प्रदेश सभा बैठक बहिस्कार गरेकि थिइन्।

कमेन्ट लोड गर्नुस