देउवा आज सिंगापुर जाँदै
२०८० जेठ ३०, ०९:३२
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार सिंगापुर जाँदैछन्।
स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पेटसम्बन्धी समस्या देखिएपछि उनले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। उनकी पत्नी आरजु देउवासहित उनी सिंगापुर जान लागेका हुन्।
कमेन्ट लोड गर्नुस