राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन्। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
मंगलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ।